सिराहको गोलबजारमा छुरा प्रहार गरी युवकको हत्या

हत्या विरोधमा स्थानीयद्वारा प्रदर्शन
भरत जर्घामगर

सिराह — सिरहाको गोलबजार नगरपालिका ६ मा शनिबार राति छुरा प्रहार गरेर एक युवकको हत्या भएको छ । एक जना घाइते भएका छन् ।

शनिबार राति घर जाने क्रममा गोलबजार-६ डोहटियाका अन्दाजी २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि अपरिचित युवाहरुको समूहले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । घाइतेमध्ये रामकुमारको राति नै धनगढीमाईस्थित आरेक मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र निकेशको उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।

घटनामा संलग्नको पहिचान हुन नसकेको र संलग्नहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

यसैबीच, घटनाको विरोधमा स्थानीयले आइतबार बिहानैदेखि गोलबजारका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । उनीहरुले घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

प्रकाशित : पुस ४, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?