कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामजानकी विवाह महोत्सवमा निकालियो शोभायात्रा

श्यामसुन्दर शशि

जनकपुर — सप्ताहव्यापी रामजानकी विवाह महोत्सवमा शोभायात्रा निकालिएको छ । बुधबार अपराह्न २ बजे जानकी मन्दिरबाट जानकीको तथा राम मन्दिरबाट रामको डोला (डोली) बाजागाजासहित शोभायात्रा सुरु गरिएको हो । यात्रामा हजारौं श्रद्धालु सहभागी छन् ।शोभायात्रा निकाल्ने तयारी भइरहँदा हेलिकोप्टरबाट पुष्पवर्षा गरेर हर्षबढाई गरिएको थियो । 

रामजानकी विवाह महोत्सवमा निकालियो शोभायात्रा

शोभायात्राको भिड नियन्त्रण गर्न सयौको संख्यामा जनपथ र सशस्त्र प्रहरी परिचालन गरिएको थियो भन्ने नेपाली सेनाको संगीत टोलीले मंगलध्वनी बजाउँदै यात्रामा सहभागी भएको थियो । जानकी मन्दिरका महन्त रामतपेश्वर दासको नेतृत्वमा निस्केको जानकीको डोलासँग प्रदेश २ का पर्यट मन्त्री शत्रुघन महतो, संघीय सांसद राजेन्द्र महतो, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित उच्च सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

यसैगरी राम मन्दिरका महन्त रामगिरीको नेतृत्वमा निस्केको रामको डोलासँग पनि हजारौं श्रद्धालु सहभागी थिए । दुबै डोला बारहवीघा रंगभूमि मैदान पुगी त्रिपेक्षणपश्चात नगर परिक्रमा गरेको थियो । सर्वसाधारणले सडक पेटी र आ-आफ्ना घरको कौसीबाट राम जानकीको दर्शन गरेका थिए ।

संयुक्त शोभायात्रा नगर परिक्रमा गरी सन्ध्या जानकी मन्दिर प्रवेश गर्नेछ । जहाँ अबेर रातिराम सीताको मिथिला विधिअनुसार विवाह हुने छ । त्रेता युगमा राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्ल पञ्चमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुँदै आएको छ ।

पाँच दिनअघि नगर दर्शनसँगै सुरु भएको विवाह महोत्सवको दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, चौथो दिन मंगलबार मटकोर र पाँचौदिन बुधबार विवाह उत्सव मनाइने छ । बिहीबार जन्तीहरुलाई रामकलेवा अर्थात् विवाह भोज खुवाएर विदा गरिने छ ।

यसैबीच, प्रदेश २ स्वास्थ्य निर्देशनालयले जानकी मन्दिर प्रांगणमा कोरोना डेस्क संचालन गरेको छ । स्वास्थ्य निर्देशक विजयकुमार झाका अनुसार डेस्कमा कोरोनाबाट जोगिने जनचेतनामूलक कार्यक्रमसँगै खोप, स्वाब परीक्षण, हात धुने तथा मास्क वितरण गरिँदैछ ।

प्रकाशित : मंसिर २२, २०७८ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?