कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लागूऔषधसहित २ जना पक्राउ

पर्सा — पर्सामा लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्ला प्रहरीको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मनवा राजु डिजल ग्यारेजबाट खैरो हिरोइन ओसारपोसारमा संलग्न दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१० बस्ने २६ वर्षीय रामबाबु ठाकुर र वीरगञ्ज महानगरपालिका–१० मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरी रहेका छन् ।

ना. ५६ प ५४१७ नम्बरको सेतो पल्सर मोटरसाइकलको ट्यांकीभित्र कालो प्लास्टिकले बेरेर लुकाइराखेको ३.५ ग्राम सात प्याकेट लागूऔषध खैरो हिरोइनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर १९, २०७८ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?