स्रोत नखुलेको ९ लाखसहित भारतीय युवक पक्राउ- प्रदेश २ - कान्तिपुर समाचार

स्रोत नखुलेको ९ लाखसहित भारतीय युवक पक्राउ

रासस

महोत्तरी — महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै शुक्रबार सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको ९ लाख रुपैयाँ सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधवापुर ग्रामपञ्चायत–१ बस्ने २४ वर्षीय अभिनव पूर्वे रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीले जनाएको छ ।

नम्बर नखुलेको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेको युवक अभिनवलाई सीमामा खटिएका सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ९ लाख रुपैयाँ बरामद भएको थियो ।

पाँच सय र १००० का नोट मिलाएर जम्मा ९ लाखसहित पक्राउ गरिएको अभिनवलाई आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीमा ल्याइएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्

सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा

रासस

काठमाडौँ — काठमाडौंको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ ।काठमाडौं महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिउँसो २ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहायताले झण्डै तीन घण्टापछि नियन्त्रणमा लिएको जानकारी दिए ।

कालिकोट घर भई नयाँबजार बस्दै आएका ४९ वर्षीय जनम हमालले सञ्चालन गर्नुभएको कारखानामा आगालागी हुँदा झण्डै डेढ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ब्याङ्क्वेट, गलैँचा र लत्ताकपडा जलेर नष्ट भएको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित : मंसिर १७, २०७८ २१:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×