प्रदेश २ मा देउवा र निधि पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश २ मा देउवा र निधि पक्षका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै

सन्तोष सिंह

धनुषा — नेपाली कांग्रेस प्रदेश २ सभापति पदका लागि कांग्रेस रौतहटका सभापति कृष्णा यादवले उम्मेदवारी घोषणा गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट यादवले उम्मेदवारी घोषणा गरेको हुन् ।

प्रदेश २ सभापति पदमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादवले एक सातअघि नै उम्मेदवारी घोषणा गरेका थिए । उनी कांग्रेसका उपसभापति विमलेन्द्र निधि पक्षका नेताको रुपमा चिनिन्छन् ।

उम्मेदवारी दिएका नेताहरूले शनिबारसम्म आआफ्नो प्यानल नै सार्वजनिक गर्ने बताएका छन् । यसअघि सभापति देउवा र निधि एकै समूहमा रहे पनि १४औं महाधिवेशनमा निधि देउवाबाट अलग बनेर आफैं सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । त्यसको असर जिल्ला र प्रदेशमा पनि देखिएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीमा कांग्रेसले चौथो पटक खटायो निर्वाचन अधिकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्लाहीमा कांग्रेसको अधिवेशन गराउनका लागि केन्द्रीय निर्वाचन समितिले चौथो पटक निर्वाचन अधिकृत खटाएका छन् । यसअघि पटक–पटक गरी खटिएका तीन जनाले अधिवेशन गराउन नसकेर राजीनामा दिएपछि समितिले चौथोपटक अरुण ज्ञवालीलाई निर्वाचन गराउने जिम्मा दिएर पठाएको हो । 

केन्द्रीय महाधिवेशन आउन एक सातामात्रै बाँकी हुँदा पनि सर्लाहीमा भने वडा तहकै अधिवेशन सकिएको छैन । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले चौथो पटक ज्ञवालीलाई पठाएर चुनाव गराउने प्रयास भइरहेको बताए ।

‘पहिले ३ जना साथीहरूलाई पठाइसकेका हौं । उहाँहरूले नसकेर फर्किनुभयो । अहिले फेरि अरुण ज्ञवालीलाई पठाएका छौं,’ उनले भने, ‘त्यहाँ प्रदेश क्षेत्रको अधिवेशन गराएर प्रदेश महाधिवेशन गराउने प्रयत्न गरिरहेका छौं ।’ सर्लाहीको प्रदेशसभा क्षेत्रको अधिवेशन हुन नसकेका कारण प्रदेश २ को प्रदेश अधिवेशन रोकिएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १५:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×