सर्लाहीमा कांग्रेसले चौथो पटक खटायो निर्वाचन अधिकृत- प्रदेश २ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीमा कांग्रेसले चौथो पटक खटायो निर्वाचन अधिकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्लाहीमा कांग्रेसको अधिवेशन गराउनका लागि केन्द्रीय निर्वाचन समितिले चौथो पटक निर्वाचन अधिकृत खटाएका छन् । यसअघि पटक–पटक गरी खटिएका तीन जनाले अधिवेशन गराउन नसकेर राजीनामा दिएपछि समितिले चौथोपटक अरुण ज्ञवालीलाई निर्वाचन गराउने जिम्मा दिएर पठाएको हो । 

केन्द्रीय महाधिवेशन आउन एक सातामात्रै बाँकी हुँदा पनि सर्लाहीमा भने वडा तहकै अधिवेशन सकिएको छैन । निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले चौथो पटक ज्ञवालीलाई पठाएर चुनाव गराउने प्रयास भइरहेको बताए ।

‘पहिले ३ जना साथीहरूलाई पठाइसकेका हौं । उहाँहरूले नसकेर फर्किनुभयो । अहिले फेरि अरुण ज्ञवालीलाई पठाएका छौं,’ उनले भने, ‘त्यहाँ प्रदेश क्षेत्रको अधिवेशन गराएर प्रदेश महाधिवेशन गराउने प्रयत्न गरिरहेका छौं ।’ सर्लाहीको प्रदेशसभा क्षेत्रको अधिवेशन हुन नसकेका कारण प्रदेश २ को प्रदेश अधिवेशन रोकिएको छ ।

प्रकाशित : मंसिर १७, २०७८ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपामा ८ पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी

अध्यक्षमा कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङदेनको उम्मेदवारी परेको छ ।


यस्तै एक महिलासहित ४ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । जस अन्तर्गत जगत प्रसाद गौचन, रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुव बहादुर प्रधान, वुद्धिमान तामाङ र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।

यस्तै एक महिलासहित तीन महामन्त्री पदका लागि रेखा थापा, डा धवल शमशेर राणा, श्याम प्रसाद तिमल्सिना, भुवन कुमार पाठक, भास्कर भद्रा र कुन्ती कुमारी शाही गरी ६ जनाको उम्मेदवारी परेको छ । यसरी राप्रपामा ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै १४१ केन्द्रीय सदस्य पदका लागि २६४ जनाको उम्मेदवारी परेको छ । शुक्रबार अपराह्न ४ बजेसम्म दाबी, विरोध तथा नाम फिर्ता लिनका लागि समय दिइएको छ । त्यसपछि मात्रै अन्तिम नामावली सार्वजनिक गरिने वरिष्ठ अधिवक्ता तथा निर्वाचन समितिका सदस्य राजु बस्नेतले जानकारी दिए । समितिले बिहीबार साँझ नै ४३८० जनाको मतदाता नामावली प्रकाशन गरेको थियो ।

प्रकाशित : मंसिर १७, २०७८ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×