कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जो बनिन् एकदिने अध्यक्ष

काठमाडौँ — सर्लाहीको पर्सा गाउँपालिका–५ पर्साकी १६ वर्षीया अञ्जली साह गाउँपालिकाको एकदिने अध्यक्ष बनेकी छन् । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानका क्रममा उनी अध्यक्ष बनेकी हुन् । वाग्मती सेवा समाज सर्लाहीले अञ्जलीलाई मंगलबार अध्यक्ष बन्ने मौका जुराइदिएको थियो । 

जो बनिन् एकदिने अध्यक्ष

गाउँपालिका अध्यक्ष किशुनदेव रायले अञ्जलीलाई पदभार ग्रहण गराए । उनले यस्ता कार्यक्रमले किशोर तथा किशोरीलाई लैंगिक हिंसाविरुद्धको अभियानमा टेवा पुग्ने बताए । अञ्जलीले शिक्षा, स्वास्थ्य र सडकमा पछाडि परेको गाउँपालिकामा नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताइन् ।

नयाँ योजना कार्यान्वयनमा सबै पक्षले सहयोगी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले नमुनाको रुपमा कार्यपालिकाको समेत बैठक बसाउनुका साथै आफू अध्ययनरत विद्यालय र स्वास्थ्य संस्थाको अवलोकन गरेकी थिइन् ।

‘गाउँपालिकाको विकासको निम्ति शिक्षा, स्वास्थ्य र सडकको विकासलाई प्राथमिकतामा राख्नुपर्छ, यी सर्व विकासका पूर्वाधारहरू हुन्,’ उनले भनिन् । अञ्जली पर्साको श्री पब्लिक माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?