कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

साढे ४ महिनामा पर्सामा १५ बलात्कार घटना

पर्सा — लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानकै बीच पर्सामा बलात्कारका २ घटना सार्वजनिक भए । वीरगन्ज–२४ सिर्सियाकी एक १७ वर्षीया र जिराभवानी–२ की १४ वर्षीया किशोरीमाथि बलात्कार भएको हो । दुवै घटनामा पीडित र उनीहरूका अभिभावक खुलेर आएपछि प्रहरीले दुई आरोपितलाई पक्राउ गरेको छ । 





वीरगन्जकी १७ वर्षीया किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई शुक्रबार जबर्जस्ती करणी गरेको आरोपमा वीरगन्ज ७ रामटोलका २१ वर्षीय युवक बाबु भन्ने विक्रम पटेल पक्राउ परेका छन् । त्यसैगरी, जिराभवानीकी किशोरीलाई बलात्कार आरोपमा सोही वडा बस्ने २० वर्षीय प्रभु साह कानू पक्राउ परेका छन् । कानुले शनिबार पीडितको अभिभावक घरमा नभएको मौका पारी बलात्कार गरेको आरोप छ । पीडितका अभिभावकले दिएको उजुरीका आधारमा प्रहरीले साहलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि ७ दिन म्याद थपिएको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिना अर्थात् असोजसम्म पर्सामा जबर्जस्तीकरणीका ११ घटना भएका छन् । पछिल्ला ४ समेत गरी चालु आवमा हालसम्म बलात्कारका १५ घटना भएको प्रहरीले जनाएको छ । पीडितहरू अधिकांश कम उमेरका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले पछिल्लो समय नाबालिका बलात्कारका घटना सार्वजनिक गर्ने क्रम बढेको बताए । ‘सर्वसाधारणमा चेतना बढेको छ,’ उनले भने, ‘विगतमा गाउँमै गुपचुप मिलाउने प्रवृत्ति थियो । अहिले प्रहरीमै आउने

गरेका छन् ।’

प्रकाशित : मंसिर १५, २०७८ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?