२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

महोत्तरीका १ सय २२ वडा र एक पालिकामा माओवादीको सर्वसम्मत नेतृत्व चयन

सुनिता बराल

महोत्तरी — माओवादी केन्द्र महोत्तरीको १ सय २२ वडा र एक पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । जिल्लाका १ सय ३८ वडामध्ये १ सय २२ वडामा नेतृत्व चयन भइसकेको र १६ वडामा अधिवेशन गर्न बाँकी रहेको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए ।

महोत्तरीका १ सय २२ वडा र एक पालिकामा माओवादीको सर्वसम्मत नेतृत्व चयन

अधिवेशन गर्न बाँकी रहेका वडाहरुको पार्टी सदस्यता विवाद टुंगो लगाएपछि आइतबारसम्म अधिवेशन गरिसक्ने गरी काम भइरहेको खड्काले बताए ।

मनरा शिसवा नगरपालिकाको १० वटै वडामा अधिवेशन सम्पन्‍न भएपछि नगर अधिवेशन सफलतापूर्वक सम्पन्‍न भएको माओवादी केन्द्रका नेता तुलसी ढुंगानाले जानकारी दिए । अन्य पालिकामा पनि नगर अधिवेशनको तयारी भइरहेको छ ।

प्रकाशित : मंसिर १२, २०७८ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?