१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘प्रहरीले अनुसन्धानमा चासो नै दिँदैनन्’

लक्ष्मी साह

बारा — वीरगन्जबाट एक वर्षीय छोराको उपचार गराएर पत्नीसहित हंशराज यादव मोटरसाइकलमा घर फर्किदैँ गर्दा पछाडीबाट कारले ठक्कर दियो ।  उनकी २६ बर्षीया पत्नी विभा अचेत भइन् । उनलाई तत्कालै उपचारका अस्पताल लगिए पनि उनी बाँचिनन् । 

सामान्य घाइते भएका हंशराज एक बर्षीय छोरासहित आफ्नै उपचारमा लागे । मृतकी देवर संदीप (हंशराजको भाई) घरबाट अस्पताल गएर घाइतेलाई सम्हाल्दै मृतकलाई बुझेर घर फर्के । प्रदेश ३–०१–०२३ च ३८९७ नम्बरको कार चलाउँदै गरेका प्रसौनी गाउँपालिका–६ बेलहिया प्रस्टोकाका ३६ बर्षीय सन्देश साहले हंशराजको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिएका थिए ।

सिसीटिभीका फुटेजबाट कार र चालकको पहिचान खुल्यो । मृतक परिवारले जिल्ला प्रहरी कार्यालय कलैयामा कार चालक सन्देशविरुद्ध सवारी ज्यान मुद्दा लिएर जादा प्रहरीले तत्कालै दर्ता गरेनन् । चालक घरमा कार छाडेर फरार भइसकेका थिए ।

‘निकै दबाबपछि प्रहरीले सीसीटिभीको सहारमा खोजतलासमा लागेपछि कार सन्देशको घरमा फेला पारे,’ हंशराजले भने । मोटरसाइकल चालक रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच घर भई रौतहटकै विजयपुर नगरपालिकामा सुचना प्रविधि अधिकृत हुन् ।

‘प्रहरीले दुर्घटना समान्य ठानेको छ । तर मैले पत्नी गुमाउँदा कति पीडा छ भन्ने बुझेको छैन्,’ उनले भने, ‘अनुसन्धानमा प्रहरीले चासो देखाएको भए उपलब्धी हुन सक्थ्यो, दोषी समातिन्थ्यो ।’ बाराको निजगढबाट मोटरसाइकलमा दैनिक रौतहट आउजाउ गर्ने रौतहटकै वियजपुर–७ का ३६ बर्षीय स्वास्थ्यकर्मी नागेन्द्र साहको निजगढमा गत जेठ २० मा बाटोमै रहस्यमय मृत्यु भयो ।

घटनापछि नागेन्द्रका बाबुले निजगढ इलाका प्रहरी कार्यालयमा निवेदन दिएको ५ महिना बितिसके पनि प्रहरीले अनुसन्धान गरेको छैन । ‘घरमा ५ बर्षकी नातिनी छिन्, बुहारी गर्भवती छिन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिदिएको छैन्,’ मृतक नागेन्द्रका बुवा सत्यनारायण साह तेलीले भने, ‘प्रहरीले पाँच महिनादेखि कल डिटेल्स आएको छैन् भन्छ ।’

निजगढका प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले ‘कल डिटेल्स’ नआएपछि अनुसन्धान गर्न नसकिएको बताए । ‘मृतकको मोबाइलको ‘कल डिटेल्स’ का लागि जिल्लामा पठायौं, जिल्लाले प्रदेश प्रहरीलाई पठायो । आएको छैन,’ चौधरीले भने । जिल्लामा भएका यस्ता थुप्रै घटनामा प्रहरीले अनुसन्धान गर्न सकेको छैन् । जिल्ला प्रहरी कार्यालय कलैयाका मुद्दा अनुसन्धान अधिकृत प्रहरी निरिक्षक सुरेन्द्र यादवले ‘कल डिटेल्स’ को अभावमा थुप्रै मुद्दाको अनुसन्धान हुन नसकेको स्वीकारे ।

प्रकाशित : मंसिर ९, २०७८ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?