१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

८१ वर्षीय वृद्धको हत्या

अवधेशकुमार झा

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार साँझ एक वृद्धको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर छिन्नमस्ता गाउपालिका-६ खुदीबखारीका ८१ वर्षीय मिश्रीलाल मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।

८१ वर्षीय वृद्धको हत्या

राजविराज छिन्नमस्ता सडक खण्ड अन्तरगत झौखराही फूलबारीमा हत्या गरिएको अवस्थामा मण्डलको शव फेला परेको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

मध्यान्न १२ छिन्नमस्ता चोकमा चिया खाएर घरतर्फ फर्किएका उनको हत्या गरिएको अवस्थामा शव स्थानीयले फूलबारीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घट्नाबारे अनुसन्धान भइरहेको डीएसपी काफ्लेले बताए ।

प्रकाशित : मंसिर ८, २०७८ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?