२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

हराएका बालक नालामा मृत भेटिए

लक्ष्मी साह

बारा — बाराको सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटाबा बिहानैदेखि हराइरहेका दुई वर्षीय बालक नालामा मृत अवस्थामा भेटिएका छन् ।

सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटा गाउँका राजु ठाकुरका छोरा मनिष आफ्नै घर अगाडिको नालामा मृत भेटिएका हुन् । घटनास्थल पुगेका सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक सुवेदीकाअनुसार बालक बिहान ८ बजेदेखि हराइरहेका थिए ।

बालक हराएपछि खोजी गर्दा मंगलबार दिउँसो साढे २ फिट गहिरो नालामा डुबेर ‘ग्याप’ गरी राखिएको नालाको ‘स्लेब’ मुनि मृत अवस्थामा भेटिएका थिए । ‘नालामाथि केही ‘स्लेब’ राखिएको छ, खुला ठाउँमा डुबेर बालक ‘स्लेब’ मुनि पुग्दा कसैले तत्कालै हेर्न सकेनन्, पछि बगेर ‘स्लेब’ बाहिर पुगेपछि देखापर्‍यो,’ प्रहरी निरीक्षक सुवेदीले भने ।

बालक भेटिएपछि गाउँकै अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भएको मृतकका आफन्तले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : मंसिर ७, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?