कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरी उद्योग वाणिज्य संघमा अग्रवाल

राजविराज — सप्तरी उद्योग वाणिज्य संघको अध्यक्षमा लालुप्रसाद अग्रवाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनमा अग्रवालले ७ सय ४६ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी शंकरकुमार दासले ३ सय २७ मत पाए ।

उपाध्यक्षमा दुर्गानन्दप्रसाद साह, वाणिज्य उपाध्यक्षमा रमेशकुमार साह, महासचिवमा अमृतकुमार सञ्चेती, सचिवमा सुरेन्द्र बिमल, कोषाध्यक्षमा प्रमोदकुमार कावरा र सहकोषाध्यक्षमा निर्मलकुमार मुन्धडा विजयी भएका छन् ।

यसैगरी सदस्यहरुमा सञ्जयकुमार पुर्वे, सन्तोषकुमार सिन्हा, सचिन्द्र दास, सुरेन्द्रप्रसाद साह, कमलप्रसाद साह र दिलीपप्रसाद गुप्ता निर्वाचित भए । महिला सदस्यमा अम्बिकाकुमारी दाहाल निर्वाचित भएकी छन् । कुल १३ सय २२ मतदाता रहेको संघको निर्वाचनमा ११ सय ६२ मत खसेको थियो ।

प्रकाशित : मंसिर ५, २०७८ २२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?