३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नगर प्रमुख–कर्मचारी आरोप प्रत्यारोप

धनुषा — धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले आफूलाई दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीले आरोप लगाएका छन् ।

करारका कर्मचारीलाई शाखा प्रमुखको जिम्मेवारीबाट हटाएपछि मण्डलले आइतबार कार्यकक्षमा बोलाएर दुर्व्यवहार गरेको उनको आरोप छ ।

‘प्रशासन शाखा र योजना शाखाको प्रमुख भएर काम गर्दै आएका करारका कर्मचारीलाई हटाएर निजामती कर्मचारीलाई शाखा प्रमुख बनाएपछि कार्यकर्ता लगाएर प्रमुख मण्डलले दुर्व्यवहार गरे,’ उनले भने ।

उनीहरूले ज्यान मार्नेसम्मको धम्की दिएको अधिकृत अधिकारीको भनाइ छ । धम्की दिएपछि दुई दिनदेखि कार्यालय जान समस्या भएको उनले बताए । नगर प्रमुख मण्डलले प्रमुख प्रशासकीय अधिकृत अधिकारीले आफूमाथि लगाएको आरोप निराधार रहेको दाबी गरे । यसअघि अधिकारीलाई कार्यालय प्रमुख भएर आउँदा हाजिर गर्न अवरोध गरिएको थियो ।

प्रकाशित : मंसिर १, २०७८ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?