कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ:गृहमन्त्री खाँण   

श्यामसुन्दर शशि

जनकपुर — गृहमन्त्री बालकृष्ण खाँणले आउदो महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै कांग्रेसको सभापति बनाउनुपर्ने बताएका छन् । 

पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्छ:गृहमन्त्री खाँण   

सोमबार कांग्रेस धनुषाले आयोजना गरेको शुभकामना समारोह तथा जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने,‘सत्ता र पार्टी संचालनका लागी प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति हुँदा सजिलो हुन्छ । आन्तरिक किचलो हुँदैन । ’

जिल्ला कार्यकर्ता भेला नाम दिइएपनि प्रदेश २ का ५ जना जिल्ला सभापति, प्रदेशका अधिकांश संघीय र प्रदेश सांसद, प्रदेशमन्त्रीहरू तथा पार्टीका पूर्वमन्त्रीहरू सहभागी थिए । ‘यसअघि गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई बीचको अन्तरसंघर्षको कारणले कांग्रेसको बहुमतको सरकार ढलेको हामी तपाईलाई स्मरण नै होला’ उनले भने ।

कार्यक्रमलाई सम्बाेधनगर्ने जिल्ला सभापति तथा पार्टीका केन्द्रीय सदस्यहरूले जन्मसिद्ध नागरिकका सन्तानहरूले नागरिकता पाउन नसक्दा भोग्नु परेको समस्याबारे गृहमन्त्री खाँणलाई ध्यानाकर्षण गराएका थिए । प्रतिउत्तरमा मन्त्री खाँणले नागरिकता विधेयक संसदमा अडिएर रहेको तथा दलहरूबीच साझा धारणा बनाएर अबिलम्ब नागरिकता समस्या समाधान गर्ने बताएका थिए ।

प्रकाशित : कार्तिक २२, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?