१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

पर्सामा २ लाख बढीले कोरोना विरुद्धको खोप लगाए

शंकर आचार्य

पर्सा — पर्सामा हालसम्म २ लाख २ हजार १ सय ७७ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नवलकिशोर साहका अनुसार असोज १५ अर्थात् दसैं अघिसम्म जिल्लामा १ लाख ३ हजार ५९ जनाले खोपको पूर्ण डोज लिइसकेका थिए ।

पर्सामा २ लाख बढीले कोरोना विरुद्धको खोप लगाए


खोप लगाउने संख्या जिल्लाको कूल जनसंख्याको २३ दशमलव ८ प्रतिशत हो । दसैंको अवधि तथा त्यसपछि पनि खोप अभियान चलाइएकोमा यस अवधिमा करिब ९९ हजार जनाले खोपको पहिलो डोज लगाएको बताइएको छ ।

‘पछिल्लो तीन सातायता पहिलो चरणका खोप लगाएकाहरुको पूर्ण विवरण आउन बाँकी छ,’ साहले भने, ‘तर बितरण गरिएको खोप र त्यसको मात्रासमेत मिलाउँदा तीन सातायता ९९ हजार जनाले यो खोपको पहिलो डोज लगाएको हाम्रो अनुमान छ ।’ यसरी पुराना र नया गरी जिल्लाका कूल ३० प्रतिशत जनताको पहुँचमा कोरोना विरुद्धको खोप पुगेको उनले दाबी गरे ।

जिल्लामा हालसम्म कोभिसील्ड, जोन्सन एन्ड जोन्सन, भेरोसेल र एस्ट्राजेनेका खोप दिइएको उनले बताए । जिल्लामा चरणबद्ध रुपमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, सरससफाईकर्मी, कोरोना संक्रमित मृतकको शवको व्यवस्थापनमा खटिएका र अन्य सुरक्षाकर्मी, सञ्चारकर्मी, कारागारका कैदीबन्दी र त्यसपछि सर्वसाधारणलाई चरणवद्ध रुपमा खोप उपलब्ध गराइएको साहले बताए । सर्वसाधारणहरुमा ज्येष्ठ नागरिकलाई प्राथमिकता दिई खोप दिइँदैछ ।


प्रकाशित : कार्तिक ७, २०७८ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?