कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ  

शिव पुरी

रौतहट — प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको गस्ती टोलीले ईशनाथ नगरपालिका–१ बन्जरहास्थित बकैया खोलाको बाँधमा जाँचको क्रममा भारतीय २२ वर्षीय सुशीलकुमार साहलाई स्रोत नखुलेको १ लाख ८० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ  

भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पंचायत बेलवाघाट–५ का साह नेपाल आउँदै गर्दा उनले बोकेको झोलाभित्र शुक्रबार बिहान भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि नारायणप्रसाद चिमरियाले बताए ।

‘साहले रकम कहाँबाट ल्याएको र कहाँ लैजान लागेको भनेर बताउन सकेनन्’,उनले भने,‘स्रोत खुलाउन नसकेपछि अनुसन्धानको लागि बारास्थित राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएका छौं ।’

नेपाल प्रहरीले एक वर्षको अवधिमा स्रोत नखुलेको १ करोड बढी रकम बरामद गरिसकेको जनायो ।

प्रकाशित : कार्तिक ५, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?