२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

वीरगन्ज नाकाबाट सवारी साधनको आयात बढ्यो 

शंकर आचार्य

पर्सा — चाड पर्व नजिकिएपछि वीरगन्ज नाका हुँदै हलुका सवारी साधनको आयात ह्वात्तै बढेको छ । दसैं तिहार जस्ता चाड पर्वमा नयाँ सवारी साधन खरिद गर्ने चलन र बिक्रेताहरुले पनि यीनै पर्वको मौका छोपेर अफर ल्याउने भएकाले पनि जीप, कार जस्ता सवारी साधनको आयात साबिकको भन्दा झण्डै चार गुणाले बढेको छ । 

वीरगन्ज नाकाबाट सवारी साधनको आयात बढ्यो 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले १ साता यता जिप, कार जस्ता सवारी साधनको आयात उकालो लागेको बताए । ‘साता यता साविकको भन्दा तीनदेखि चार गुणा बढी जिप, कार जस्ता हलुका यात्रु बाहक सवारी साधनको आयात बढेको छ,’ उनले भने, ‘तिहारसम्मै यो क्रम जारी रहने हाम्रो अनुमान छ ।’

साताअघि सम्म दैनिक औसत २० वटा सम्म जीप,कार जाँचपास हुने गरेकोमा हालका दिनहरुमा भने दैनिक ६० देखि ८० वटा सम्म जीप, कार जाँचपास भइरहेको उनले बताए ।

हाल दैनिक औसत ७८ करोड रुपैयाँ राजश्व यो भन्सारले संकलन गरिरहेको पौडेलले बताए । जुन साविकको भन्दा झण्डै डेढ गुणा बढी हो । वीरगन्ज नाका मुलुककै सर्वाधिक बढी सवारी साधन आयात हुने नाका हो । भारत तथा तेस्रो मुलुकमा निर्मित सवारी साधन पनि यो नाका हुँदै आयात हुने गरेका छन् ।

प्रकाशित : आश्विन २३, २०७८ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?