डेढ वर्षपछि गौर नाका सञ्चालनमा

शिव पुरी

रौतहट — कोभिड-१९ का कारण झण्डै डेढ वर्ष अघिदेखि बन्द रहेको गौर नाका बुधबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ । एक साताअघि नेपाल सरकारले सीमा क्षेत्रको नाका खुला गरे पनि भारतीय सीम सुरक्षा बल (एसएसबी)ले नेपाली गाडीहरुलाई पारी जान रोकेको थियो ।

डेढ वर्षपछि गौर नाका सञ्चालनमा

गृह मन्त्रालयले केही दिनअघि जिल्ला प्रशासन कार्यालयलाई सीमा नाका खोल्न निर्देशन दिएको थियो । भारतसँग सिमा जोडिएका नाकाहरुमा नेपालतर्फ खुलेपनि एसएसबीले माथिको आदेश भन्दै नेपाली सवारीलाई पारी जान दिएका दिएनन् । पैदल आवतजावत मात्र गर्न दिएको थियो । भारतीय गाडी भने नेपाल आउन दिइएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय पक्षबाट पनि सीमा खुला गरेको बताए । ‘अब नेपाल भारत दुवै देशमा सवारी आउजाउमा कुनै कठिनाई छैन्, ’ उनले भने, ‘अब निर्वाध रुपमा दुवै देशका सवारीहरु नियमपूर्वक आउन जान पाउँछन् ।’ कोरोना संक्रमणका कारण २०७६ चैत्र ११ गते देखि सिमा नाका बन्द थियो ।

प्रकाशित : आश्विन २०, २०७८ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?