कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कार्यालयमै थुनिए राजर्षि जनक विश्वविद्यालयका पदाधिकारी

सन्तोष सिंह

धनुषा — जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयका पदाधिकारीलाई विद्यार्थीहरूले एउटै कोठामा थुनेका छन् । विश्व विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीहरुले कार्यालयको एउटा कोठामा ६ जना पदाधिकारीहरूलाई थुनेका हुन् ।

कार्यालयमै थुनिए राजर्षि जनक विश्वविद्यालयका पदाधिकारी

रमानन्द चोकस्थित विश्वविद्यालय डीनको कार्यालयमा पदाधिकारीहरुलाई उनीहरुले थुनेका हुन् । अहिले विश्व विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।

समस्या समधानका लागि विश्वविद्यालयका कर्मचारी र विद्यार्थी राखेर छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । पदाधिकारीहरु बसेको कोठा थुनिएको र दुई पक्षबीच छलफल भइरहेको उनले बताए ।

विश्वविद्यालयमा शिक्षक भर्नाको विवादले पठनपाठन अवरुद्ध भएको छ । विश्वविद्यालयमा पेपर करारमा कार्यरत शिक्षकहरु आन्दोलित पनि भएका छन् । स्थापनाकालमा कोर्ष कन्ट्रयाक्टमा पढाउन भनेको र पछि गएर दरबन्दी करारमा नियुक्ति दिने आश्वासन दिएपनि हालसम्म माग सम्बोधन नगर्दा शिक्षकहरु पनि आन्दोलित बनेका हुन् ।

प्रकाशित : आश्विन १८, २०७८ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?