२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सप्तरीमा अख्तियारविरुद्ध जसपाको प्रदर्शन

अवधेशकुमार झा

राजविराज — मुख्यमन्त्री कार्यालयमा अख्तियारले छापा मारेको विरोधमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले शनिबार साँझ सप्तरीको राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । जसपाको प्रदेश समितिको निर्देशनमा राजविराजमा मसाल जुलुस निकालिएको हो ।

सप्तरीमा अख्तियारविरुद्ध जसपाको प्रदर्शन

स्थानीय शिव मन्दिर अगाडिबाट निस्केको जुलुस नगरका विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोक पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका वक्ताहरुले अख्तियारले छानबिनको नाममा जबरजस्ती गर्न खोजेको आरोप लगाए । सभामा महिला नेतृहरु रमिला साह र गीता यादव, विद्यार्थी नेताहरु शम्भू यादव, केदार यादवलगायतले बोलेका थिए । मसाल जुलुसमा राजविराज नगरपालिकाका प्रमुख शम्भूप्रसाद यादव, जसपा प्रदेश २ का सचिव दिनेशकुमार यादव, जिल्ला अध्यक्ष केदार यादव, जिल्ला उपाध्यक्ष निरज मुक्ति, युवा नेता सत्येन्द्र यादवलगायतका नेता तथा कार्यकर्ता सहभागी भए ।

'बेटी बचाउ बेटी पढाउ' कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले चारदिनअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा छापामारी केही कागजात लगेको थियो । अख्तियारको छापामारीविरुद्ध जसपाको केन्द्रीय समिति र प्रदेश समितिले विरोध गरेको छ । 'बेटी बचाउ,बेटी पढाउ' जस्तो जनलोकप्रिय कार्यक्रमलाई बदनाम गराउन सरकार प्रमुखको शक्ति र गरिमामा नै अख्तियारले आघात पुर्‍याउने कार्य गरेकोले अख्तियारविरुद्ध आन्दोलनमा उत्रनु परेको जसपा प्रदेश २ का मुख्य सचिव शम्भू झाले बताए । उनका अनुसार शनिबार प्रदेश २ का सबै जिल्लामा मसाल जुलुस भएको र आइतबार प्रदेशका सबै जिल्ला सदरमुकाममा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।


प्रकाशित : आश्विन १६, २०७८ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?