नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता   

शिव पुरी

रौतहट — रौतहटको राजदेवी नगरपालिका-९ ब्रम्हपुरी टोलस्थित वाग्मती नदीमा आइतबार एक बालको डुबेर मृत्यु भएको छ । अर्का एकजना बेपत्ता भएका छन् । 

स्थानीय ११ वर्षीय अजित महराको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै रहेका १० वर्षीय पिन्टु पाश्वान नदीमा बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए ।

माछा मार्नका लागि भनेर चारजना नदीमा हाम फालेका थिए । तीमध्ये दुईजना मात्रै सकुशल बाहिर निस्किएको एसपी घिमिरेले जानकारी दिए ।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?