ट्रकको ठक्करबाट २ को मृत्यु

भरत जर्घामगर

सिरहा — ट्रकको ठक्करबाट सिरहाको गोलबजारमा दुई जनाको मृत्यु भएको छ ।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आइतबार दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख १३१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको स ७ प ९१८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी कञ्चनरुप नगरपालिका–७ का ३० वर्षीय अभिषेक कटुवाल र ३५ वर्षीय अच्युत लुइँटेलको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट घाइते कटुवालको उपचारको क्रममा लहानमा र लुइँटेलको थप उपचारको लागि विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : आश्विन १०, २०७८ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?