१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सप्तरीमा डुबेर थप एक बालिकाको ज्यान गयो

अवधेशकुमार झा

राजविराज — सप्तरीमा बुधबार थप एक जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलबार मात्र जिल्लामा ३ जनाको डुबेर मृत्यु भएको थियो । 

बुधबार दिउँसो महदेवा गाउँपालिका २ अकवरपुरका रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानीको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा नुहाउने क्रममा शिवानी डुबेपछि आफन्तले शव निकालेका थिए । त्यसपछि गएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याएको छ ।

मंगलबार खडग नगरपालिका ८ मुसहरनियामा रहेको पोखरीमा डुबेर स्थानीय ३ वर्षीया एलिजाकुमारी चौधरी, महदेवा गाउँपालिका ४ परसाही टोलस्थित सार्वजनिक पोखरीमा स्थानीय ३० वर्षीय लक्षनकुमारी सदा र तिलाठी कोईलाडी गाउँपालिका २ लौनियाका १२ वर्षीय सवाना खातुनको स्थानीय नहरमा डुबेर मृत्यु भएको थियो ।

पछिल्लो समय सप्तरीमा पोखरी, नहर, पानी जमेको खाल्टो लगायतका स्थानमा डुबी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । गत आर्थिक वर्ष ०७७/७८ मा जिल्लामा २१ जनाको डुबेर मृत्यु भएको थियो । २१ जनामा काखे बालकदेखि ८२ वर्षीया वृद्धसमेत रहेको प्रहरी तथ्यांकले देखाएको छ । एक वर्षको अधधिमा मृत्यु भएका २१ जनामध्ये १३ जना १७ वर्ष मुनिका छन् ।


प्रकाशित : आश्विन ६, २०७८ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?