अरूको ट्रेडमार्क–लेबल प्रयोग गर्ने पक्राउ

पर्सा — अन्य उद्योगको ट्रेडमार्क र लेबल प्रयोग गरेको आरोपमा प्रहरीले एक मसला उद्योगीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका ८ का रोहित साह कानु छन् ।

कानुले आफूले सञ्चालन गरेको अन्नपूर्ण मसला उद्योगको मसलामा ‘चटकार बीएमपी स्पाइसेज’ उद्योगको ट्रेडमार्क र लेबल टाँसेर बिक्रीवितरण गर्दै आएका थिए ।

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले उद्योगमा खानतलासी गर्दा ती सामग्री बरामद भएका थिए । उद्योगबाट ‘चटकार बीएमपी स्पाइसेज’ उद्योगको ट्रेडमार्क र लेबलिङ गरेका मसला ६ सय ५४ पोका, तयार पार्न राखिएको कच्चा मसला १० बोरा तथा मसला पिस्ने मेसिन १ थान, ‘चटकार बीएमपी स्पाइसेज’ उद्योगको ट्रेडमार्क र डिजाइनर लेबल समेत बरामद भएको छ ।

कानुलाई अदालतबाट ५ दिन म्याद थप गरी प्रतिलिपि अधिकार ऐन २०५९ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । वीरगन्जमै रहेको ‘चटकार बीएमपी स्पाइसेज’ उद्योगका व्यवस्थापकले दिएको उजुरीका आधारमा प्रहरीले कारबाही गरेको हो ।

प्रकाशित : आश्विन ६, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?