कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

राजविराजलाई ‘ग्रिन–क्लिन सिटी’ बनाइने

राजविराज — प्रदेश सरकारले सप्तरीको राजविराज नगरपालिकालाई ‘ग्रिन सिटी, क्लिन सिटी’ बनाउने भएको छ । नेपालकै पुरानो टाउन प्लानिङ भएको नगर राजविराजलाई सुन्दर र व्यवस्थित बनाउन यो अवधारणा अघि बढाइएको प्रदेश २ का आर्थिक मामिला मन्त्री शैलेन्द्रप्रसाद साहले बताए । 

राजविराजलाई ‘ग्रिन–क्लिन सिटी’ बनाइने

सोमबार सप्तरी उद्योग वाणिज्य संघको सभाहल उद्घाटन कार्यक्रममा मन्त्री साहले उक्त कार्यक्रमका लागि तत्काल प्रदेश सरकारले १० करोड रुपैयाँ दिने जानकारी दिए । ‘राजविराजलाई ग्रिन सिटी क्लिन सिटी बनाउन तत्काल १० करोड रुपैयाँ दिन लागिएको छ,’ मन्त्री साहले भने, ‘पछि पनि प्रदेश सरकारले सहयोग गर्छ ।’

उक्त बजेट सरसफाइ, सडक बिजुली, छाडा पशु नियन्त्रण, बृक्षारोपण र सडकका खाल्टाखुल्टी मर्मतसम्भालगायतका काममा खर्चिने उनले जानकारी दिए ।

यस्तै, ५ हजार जना अटाउने क्षमताको सभाहल निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री साहले बताए । मन्त्री साहले प्रदेश सरकारले युवा स्वरोजगार कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए ।

प्रकाशित : आश्विन ५, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?