सुशासनको लागि कर्मचारी इमान्दार हुनुपर्छ : मुख्यमन्त्री राउत

धनुषा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा सुशासन कायम गर्न कर्मचारी इमान्दार हुनुपर्ने बताएका छन् । 'सुशासन कायम गर्न स्थायी सत्ता इमान्दार हुनु पर्छ,' मुख्यमन्त्री राउतले भने,'कर्मचारी तन्त्रको सहयोगबिना अनियमितता हुनै सक्दैन । ’

सुशासनको लागि कर्मचारी इमान्दार हुनुपर्छ : मुख्यमन्त्री राउत

जनप्रतिनिधिलाई नियम कानुन बुझाउने जिम्मा समेत कर्मचारीहरुकै भएको उनले बताए ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रले सोमबार बर्दिवासमा आयोजना गरेको स्थानीय तहको संस्थागत स्वमूल्यांकन सम्बन्धी समिक्षा एवं अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सुशासन कायम गर्ने पहिलो खुड्किलो स्वमूल्यांकन रहेको बताए । स्वमूल्यांकनलाई प्राथमिकतामा राख्न स्थानीय तहका प्रशासकीय अधिकृतहरुलाई राउतले निर्देशन दिए ।

प्रदेशका अधिकांस स्थानीय तहले स्वमूल्यांकन नतिजा प्रकाशन गर्न नसकेको भन्दै मुख्यमन्त्री राउतले आफ्नो मूल्यांकन समेत आफूहरुले गर्न नसकेको बताए ।

जनप्रतिनिधिहरु एउटा निश्चित अवधिमात्र रहने तर कर्मचारीहरु लामो समय रहने भएको हुनाले सुशासन कायम गराउने ठूलो दायित्व कर्मचारीहरुकै काँधमा रहेको मुख्यमन्त्री राउतले बताए । प्रदेशमा भ्रष्टाचार न्यूनिकरणका लागि जनलोकपाल आयोग गठन गरेको उनले बताए ।

प्रकाशित : आश्विन ४, २०७८ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?