कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बर्दिवासमा २३ करोडमा सांस्कृतिक भवन बन्दै

महोत्तरी — महोत्तरीको बर्दिवास नगरपालिकाले २३ करोड लागतमा ४ वटा प्रशासनिक ब्लक भएको सांस्कृतिक भवन बनाउने भएको छ । भवनको पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिलान्यास गरेका छन् । टेन्डर प्रक्रियाबाट ठेक्का समेत लागिसकेको भवन निर्माणको काम तत्कालै सुरु गरिने भवन निर्माण कम्पनीले जनाएको छ । 

बर्दिवासमा २३ करोडमा सांस्कृतिक भवन बन्दै

चार वटा भवनमध्ये पहिलो भवन ६ महिनाभित्रै बनाइसक्ने निर्माण कम्पनी एमएस पाइनस ओम नीलकण्ठेश्वरका प्रमुख कृष्ण खत्रीले बताए । ९ करोड ३७ लाखमा लिएको ठेक्काअन्तर्गत नगरपालिकाको ४ वटा प्रशासनिक भवन २४ महिनाभित्र सक्ने सम्झौता भएको निर्माण कम्पनीले जनाएको छ ।

रामजानकी गुठी र बर्दिवासका स्थानीय व्यक्तिले दान गरेको झन्डै २ बिघा जग्गाभित्र प्रशासनिक भवन बनाउन लागिएको नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले जानकारी दिए । प्रविधिमैत्री मात्रै नभएर जनजाती, मधेसी र आर्यखसको समेत संस्कृति झल्किने कलात्मक सांस्कृतिक भवन बनाउन लागिएको उनको भनाइ छ ।

महोत्तरीबाट प्रतिनिधिसभा सदस्य तथा पूर्वशिक्षामन्त्री पोखरेलले विकास, स्वास्थ्य, सुरक्षा र शैक्षिक हबका कारण बर्दिवास छिट्टै उपमहानगरपालिका बन्ने बताए । त्यसैले ५० वर्षपछिको बर्दिवासको समेत परिकल्पना गर्दै प्रशासनिक भवन बनाउन उनले आग्रह गरे ।

प्रकाशित : आश्विन ४, २०७८ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?