संविधान संशोधन गर्न जसपा नेताहरुको माग

राजविराज — संविधान विभेदकारी रहेको भन्दै संशोधन हुनुपर्ने जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले माग गरेका छन् । 

संविधान संशोधन गर्न जसपा नेताहरुको माग

जसपा सप्तरीद्वारा आयोजित संविधान संशोधनको आवश्यकता किन ? विषयक अन्तरक्रियामा नेताहरुले संविधान अपूर्ण र विभेदकारी रहेकाले संशोधन हुनुपर्ने माग गरे । उनीहरुले भाषा, शासकीय स्वरुप, समावेशिता, नागरिकता, सीमांकन, न्यायपालिका लगायतका विषयमा संशोधन अनिवार्य भएको बताए ।

जसपा कार्यकारणी समितिका सदस्य एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य तथा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह, कार्यकारिणी सदस्य तथा प्रदेशसभा सदस्य मनिषकुमार सुमनलगायतका वक्ताले संविधान संशोधन गरी सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए ।


प्रकाशित : आश्विन ३, २०७८ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?