१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

संविधान दिवस : धनुषामा लोसपाको विरोध जुलुस, कांग्रेसले गर्‍यो पोखरी सफाई

श्यामसुन्दर शशि

जनकपुर — धनुषामा विरोध र समर्थनमा विभिन्‍न दलले संविधान दिवस मनाएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले आइतबार कालो दिवस मनाएको छ भन्ने जनता समाजवादी पार्टीले संविधान संशोधनको आवश्यकता विषयक अन्तरक्रिया आयोजना गरेको छ । कांग्रेसले भने पोखरी सफाई गरी संविधान दिवस मनाएको छ । 

संविधान दिवस : धनुषामा लोसपाको विरोध जुलुस, कांग्रेसले गर्‍यो पोखरी सफाई

लोसपाका नेता तथा कार्यकर्ताहरु अपराह्न जनकचौकमा भेला भई विरोध जुलुस निकालेको थियो । नगर परिक्रमा पछि जनकचौकमा आयोजना गरिएको कोणसभालाई संम्बोधन गर्दै प्रदेश सांसद परमेश्वर साहले संविधानमा रहेका विमतीहरु समयमै संशोधन गर्न माग गरे । जनकपुरधाम उद्योग वाणिज्य संघमा जसपाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई प्रदेश सांसद रामाशीष यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, जिल्ला अध्यक्ष पशुपति यादवलगायतले सम्बोधन गरेका थिए । उनीहरुले संविधान संशोधन नभएसम्म संविधानप्रति पूर्ण स्वामित्व ग्रहण गर्न नसकिने बताएका थिए ।

प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री तथा कांग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा जनकपुरधामको ऐतिहासिक नोचा पोखरी सफाई गरिएको थियो । मन्त्री यादवले पनि संविधान संशोधनमाथि जोड दिएका थिए ।

नेपाल राष्ट्रवादी नागरिक समाजको ब्यानरमा मध्यान्ह विरोध जुलुस प्रदर्शन गरिएको थियो । जुलुसका सहभागीहरुले हिन्दु राष्ट्र तथा राजतन्त्रको पक्षमा नारा जुलुस गरेका थिए भन्ने एमसीसीको विरोधमा चर्का नाराबाजी गरेका थिए ।

प्रकाशित : आश्विन ३, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?