कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता दुई किशोर पोखरीमा मृत फेला

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका– १२ मुर्लीस्थित पोखरीमा दुई किशोर मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज– १५ ब्रह्मचोकका १३ वर्षीय प्रीतमकुमार गुप्ता र १७ वर्षीय आशिषकुमार साह शनिबार राति साढे ९ बजे पोखरीमा डुबिरहेको अवस्थामा फेला परेका हुन् । 

उनीहरूलाई तत्काल तराई अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जनाए । ब्रह्मचोकका उमेश साह र दिनेश साहले छोराहरू हराएको भन्दै शनिबार अपराह्न वडा प्रहरी कार्यालय श्रीपुरमा जानकारी गराएका थिए ।

खोजतलासका क्रममा मुर्लीस्थित पोखरीमा दुवै किशोरको शव हिलोमा गाडिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले बताए । ‘पोखरीछेउमै कपडा र चप्पल खोलिएको अवस्थामा फेला परेको थियो,’ गौतमले भने, ‘त्यसकै आधारमा पोखरीभित्र खोजतलास गर्दा करिब २ घण्टापछि बच्चाहरू फेला परेका थिए ।’ दुवैको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।


प्रकाशित : आश्विन ३, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?