१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नगर प्रमुख र अधिकृतलाई अवहेलना मुद्दा

धनुषा — धनुषाको हंसपुर नगरपालिकाका प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उच्च अदालत जनकपुरले आदेश पालना नगरेको भन्दै अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

नगर प्रमुख र अधिकृतलाई अवहेलना मुद्दा

नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीलाई हाजिर गर्नबाट रोक लगाएको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा परेको हो ।

अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन २८ गते हंसपुरमा खटाएको थियो । अदालतले भदौ ९ गते अधिकारीलाई हाजिर गर्नबाट रोक लगाउने कार्य नगर्नू–नगराउनू भन्दै नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

तर नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले अधिकारीलाई हाजिर हुन नदिई अदालतको आदेश अवेहलना गरेको ठहर गर्दै भदौ २३ गते न्यायाधीश हरिप्रसाद वाग्ले र रमेश ढकालको संयुक्त इजलासले उनीहरूलाई उपस्थित हुन आदेश दिएको हो । अवहेलना मुद्दाबारे आफ्नो व्यहोरा र प्रमाणसहित ७ दिनभित्र बयानका लागि उपस्थित हुन उच्च अदालतले आदेश दिएको छ ।

अदालतले अन्तरिम आदेश जारी गरे पनि अधिकारीलाई उपस्थित नगराउनु नगरपालिकाले लिखित रूपमा नै ठाडै अदालतको आदेशलाई चुनौती दिएको देखिएको उच्च अदालतले ठहर गरेको छ । मन्त्रालयको निर्णयअनुसार सरुवा भएर आए पनि हाजिर हुन नदिएपछि नगरपालिकालाई विपक्षी बनाएर अधिकारीले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित : भाद्र ३०, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?