२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ

शंकर आचार्य

पर्सा — वीरगन्जबाट एक हुण्डी कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका २ बस्ने ४३ बर्षिय महम्मद आसिफ अन्सारी छन् । उनलाई प्रहरीले आइतबार बिहान साढे १० बजे वीरगन्ज १६ बाट पक्राउ गरेको हो ।

वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ

शंकराचार्य गेटमा खटिएको प्रहरीको नियमित चेकिङ टोलीले भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ना २५ प ८७६२ नम्बरको मोटरसाइकललाई रोकी जाँच्दा त्यसमा सवार अन्सारीले लगाएको हेल्मेट भित्रबाट स्रोत नखुलेको ५ लाख रुपैयाँ बरामद भएको थियो ।

पर्सा प्रहरीले आइतबार हुण्डीको रकमसहित पक्राउ गरेका अन्सारी । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय पर्सा

अन्सारीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।


प्रकाशित : भाद्र २८, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?