कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बारामा नक्कली नोटसहित ५ पक्राउ 

लक्ष्मी साह

बारा — प्रहरीले निजगढबाट नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट गुजरा नगरपालिका–३ बलुवा टोलका सुनिलकुमार राम, रवीन्द्रकुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५ का विशेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपमालिका–९ रामपुर टोलका सागर शुक्ला र बिश्रामपुर गाउँपालिका– ५ इटियाही टोलका राजु कुशवाहा छन् । 

बारामा नक्कली नोटसहित ५ पक्राउ 

शनिबार निजगढ-८ को तारा ईन होटेलबाट पक्राउ परेका उनीहरुलाई आइतबार सार्वजनिक गरिएको हो । प्रहरी उपरीक्षक दिपेन्द्र शाहीकाअनुसार उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नोट छापिने कागज र केही सवारी साधन बरामद गरिएको छ ।

होटलमा कोठा भाडा लिई केही दिनदेखि उनीहरुले नेपाली नक्कली नोटको कारोबार गरेको देखिएको प्रहरीले जनायो । उनीहरुमाथि थप अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद थप गरिएको प्रहरी उपरीक्षक शाहीले बताए ।

उनका अनुसार १ हजार दरको २५ हजार, उनीहरुले प्रयोग गर्ने बा९१प ७४३५ नम्बरको मोटरसाइकल, बा१४च ९३८२ नम्बरको स्कोर्पियो पनि जफत गरिएको छ ।

प्रकाशित : भाद्र २७, २०७८ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?