मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ

भरत जर्घामगर

सिरहा — मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अरोपमा प्रहरीले शनिबार सिरहाको चोहर्वाबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार १६ र १९ वर्षका दुई युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजाने क्रममा सप्तरीको कञ्चनरूप नगरपालिका–११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहाको धनगढीमाई नगरपालिका–१ बाखैरकी ३५ वर्षीया उषा देवी मलाह पक्राउ परेका हुन् ।

युवतीहरूले प्रहरीलाई बताएअनुसार ती महिलाले उनीहरूलाई लहान आश्रममा मासिक ५० हजार तलबमा काममा लगाइदिने भनी बोलाएका थिए । ‘लहान आइसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरूलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लैजान ठिक्क पारेका बेला नियन्त्रणमा लिइएको हो,’ इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले भने ।

पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।


प्रकाशित : भाद्र २७, २०७८ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?