२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

जनकपुर अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट

धनुषा — जनकपुरमा अस्पताल परिसरभित्रै स्वास्थ्यकर्मीमाथि निर्घात कुटपिट भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत स्वास्थ्यकर्मी देवेन्द्र ठाकुरलाई एक समूहले कुटपिट गरेको मेडिकल सुपरीटेन्डेन्ट डा. प्रमोद यादवले बताए ।

'बैठकबाट बोलाएर कुटपिट भएको छ,' डा. यादववले भने,‘स्वास्थ्यकर्मीलाई कसले, किन कुटिपिट गरेको हो खुल्न सकेको छैन । कुटपिट गर्नेको पहिचानसमेत भएको छैन ।’ कुटपिट गर्नेलाई कारबाहीको माग गरेको उनले बताए । अस्पतालमा प्रवेश गरी स्वास्थ्यकर्मीमाथि आक्रमण गरेपछि काम गर्न समस्या भएको उनले बताए ।

कुटपिटबाट घाइते भएका ठाकुरलाई टाउको, छातीलगायत शरीरका विभिन्न अंगमा चोट लागेको छ ।

प्रकाशित : भाद्र १७, २०७८ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?