बारामा पेस्तोलसहित २ जना पक्राउ- मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा पेस्तोलसहित २ जना पक्राउ

कान्तिपुर संवाददाता

बारा — प्रहरीले अमेरिकन पेस्तोलसहित २ युवालाई पक्राउ गरेको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका-६ को सिम्रौनगढ बजारबाट मंगलबार स्थानीय ३५ वर्षीय राजेशप्रसाद यादव र २० वर्षीय जितेन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनीहरूको साथबाट यूएसमा निर्मित ७७७७० नम्बरको म्याग्जिनसहित पेस्तोल थान-१ र एक्स्ट्रा म्याग्जिन थान-१ बरामद भएको छ ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान‍ भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

प्रकाशित : भाद्र १५, २०७८ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्

बेस्ट प्रेजेन्ट एन्युअल रिपोर्ट २०२० मा नेपाल एसबीआई बैंक दोस्रो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा प्रदान गरिने ‘बेस्ट प्रेजेन्ट एन्युअल रिपार्ट २०२०’ मा नेपाल एसबीआई बैंक दोस्रो भएको छ ।

उक्त पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले बैंकलाई प्रदान गरेको हो ।

राजधानीमा आयोजित एक समारोहबीच आईक्यानका अध्यक्ष मदनकृष्ण शर्माले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलमलाई प्रदान गरे ।

प्रकाशित : भाद्र १५, २०७८ २०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×