कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वीरगन्जमा स्टिल उद्योगमा आगलागी हुँदा १२ जना घाइते

भूषण यादव

वीरगन्ज — वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरस्थित सर्वोत्तम स्टिलमा बिहीबार मध्याह्न आगलागी हुँदा १२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

पर्सा प्रहरी प्रवक्ता ओमप्रकाश खनालले फलाम पगाल्ने भट्टिको पाइपबाट लिक भएको फलामले आगलागी हुँदा विस्फोट भएको थियो ।

घाइतेेको वीरगन्जको अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जना भारतीय हुन् । दुई जना घाइतेेको ठेेगाना खुुलेको छैन । एकजना घाइते बारा छाता पिपराका हुन् ।

प्रकाशित : भाद्र १०, २०७८ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?