कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

मोटरसाइकल जुध्दा तीन जनाको मृत्यु

लक्ष्मी साह

बारा — पथलैया–निजगढ सडक खण्डको टाँगियाबस्तीछेउ शनिबार बेलुकी दुइटा मोटरसाकल जुध्दा तीन जनाको मृत्यु भएको छ । 

बेलुकी साढे १० बजे पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५३३५ र निजगढबाट पथलैयातर्फ जाँदै गरेको बा६५प २७५६ नम्बरका बाइक जुधेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साह, पर्साको डकैला बहुअरी घर भएकी उनकी ३५ वर्षीया फुपू सुनैनादेवी साह र नुवाकोटको घुङताङ–३ का ४० वर्षीय टुलुराज तामाङ छन् । ठोक्किएपछि बा६५प २७५६ नम्बरको बाइकमा आगोसमेत लागेको थियो । घटनास्थलमै मृत्यु भएका तीनै जनाको शव कलैया अस्पतालमा ल्याइएको छ ।


प्रकाशित : भाद्र ६, २०७८ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?