२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

छिन्नमस्ता भगवतीको मुकुट चोरी

अवधेशकुमार झा

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवतीको मुकुट आइतबार चोरी भएको छ । मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार सफाइका क्रममा नभेटिएपछि मुकुट चोरी भएको खुलेको हो ।

छिन्नमस्ता भगवतीको मुकुट चोरी

मन्दिरका मूल पुजारी उमेश ठाकुरका छोराको मृत्यु भएका कारण सात दिनयता मन्दिरको सरसफाइ र नियमित पूजा स्थानीय ब्राह्मणले गर्दै आएका थिए । मुकुट ८ सय ५० ग्राम तौलको थियो । केही सन्दिग्ध व्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी गराए । मन्दिरमा राखिएको सीसीटीभी क्यामेरा असारदेखि बिग्रिएको छ । प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले सीमा सिल गरी मुकुटको खोजी सुरु गरिएको बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार नेपाल प्रहरीका एसपी राजेन्द्र धमला,सशस्त्र प्रहरीका एसपी राजु श्रेष्ठलगायतको नेतृत्वमा घटनास्थलमा टोली परिचालन गरिएको छ।

प्रकाशित : श्रावण १८, २०७८ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?