१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

रौतहटमा ९ जना जुवाडे पक्राउ    

शिव पुरी

रौतहट — रौतहटमा प्रहरीले होटलमा तास खेल्दै गरेको अवस्थामा शनिबार ९ जनालाई पक्राउ गरेको छ । तासको खालबाट ईलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले २ लाख बढी नगद बरामद गरेको छ । 

रौतहटमा ९ जना जुवाडे पक्राउ    

चन्द्रपुर नगरपालीका–४ स्थित होटल अशोकाको कोठा नम्बर ३०१ मा तास खेल्दै गरेको सूचनापछि प्रहरीले छापा मारेको थियो । पक्राउ पर्नेमा गरुडा नगरपालिका–४ गरुडा बजारका रामशरण चौरसिया, जयप्रकाश साह, अशोक चौधरी, हरिष जयसवाल, मुकेश साह, रोहित जयसवाल, जंगबहादुर यादव, उमेश राय र उपेन्द्र राउत रहेको जिल्ला प्रहरी गौरले जनायो ।

जुवाडेको खालबाट प्रहरीले खुल्ला तासको पत्ती ४ सय १२ थान, वाइल्ड किङ लेखिएको रातो निलो रंगको सिल प्याक तास बुक ८ थान र नगद २ लाख ७९ हजार ६ सय ९० रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम शाहले बताए ।

निषेधाज्ञाको समयमा चन्द्रनिगाहपुरका विभिन्न होटलहरुमा तास खेल्ने गरेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो । पक्राउ परेकाहरुलाई जुवा ऐनमा मुद्दा दर्ता गरिने प्रहरीले बतायो ।

प्रकाशित : श्रावण १६, २०७८ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?