कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

५ दिनदेखि बेपत्ता बालिकाको शव इनारमा भेटियो

कान्तिपुर संवाददाता

जनकपुर — ५ दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छिन् ।  धनुषाको गणेशमान चारनाथ नगरपालिका-१० बरमझियाका वीरेन्द्र यादवकी ६ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार बिहान इनारमा फेला परेको छ ।

बालिका सोमबार बिहान ९ बजे घरनजिकै रहेको पसलबाट फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको शव घरदेखि ५ सय मिटरको दूरीमा रहेको इनारमा सडेको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएका प्रहरी टोलीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ । शवको प्रकृति हेदा बालिकाको हत्या गरेर इनारमा फालिएको जस्तो देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जनाएको छ ।

प्रकाशित : श्रावण १५, २०७८ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?