खाल्डोमा जिप खस्दा चालकको मृत्यु, पाँच जना घाइते

सन्तोष सिंह

धनुषा — धनुषाको सपहीमा निर्माणाधीन पुलको खाल्डोमा शुक्रबार बिहान जिप खस्दा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । लोहारपट्टी नगरपालिकाको जिप बिहान ५ बजे दुर्घटनाग्रस्त भएको हो । 

खाल्डोमा जिप खस्दा चालकको मृत्यु, पाँच जना घाइते

ढल्केबरबाट जनकपुरतर्फ तीव्र गतिमा आउँदै गरेको जिप डाइभर्सनबाट नगई अनियन्त्रित भएर पुलको खाल्डोमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका–९ का ४५ वर्षीय चालक दीपक यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरका इन्स्पेक्टर तिलक सुनारले बताए । दुर्घटनामा चालककै परिवारका चार जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । घाइते पाँचजनाको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित : श्रावण १५, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?