पोखरीमा ९ दिने शिशुसहित तीन जनाको शव फेला

ओमप्रकाश ठाकुर

सर्लाही — ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित पोखरीमा तीन जनाको शव फेला परेको छ । गाउँको पूर्वतर्फ रहेको पोखरीमा स्थानीय सञ्जीव कापरकी २५ वर्षीया श्रीमती रितेबादेवी, दुई वर्षीया छोरी रोमाकुमारी र ९ दिने छोराको शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका बुधबार बिहान सूर्यवंश चौधरीको पोखरीमा तीन जनाको शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । ती महिला बच्चासहित मंगलबार राति नै घरबाट निस्केको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ

पत्नी र बच्चाको खोजीमा निस्किएका भनिएका सञ्जीव अहिलेसम्म घर आइनपुगेको र उनीसँग सम्पर्क गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

प्रकाशित : श्रावण १३, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?