१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लखन्देही खोलाले तटबन्ध भत्कायो 

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको मध्यभाग भएर बग्‍ने लखन्देही खोलाले जिल्लाको तीन स्थानमा बाँध भत्काएको छ । बाँध भत्किएपछि खेतीयोग्य जमिन कटान गर्दै खोला बस्तीतर्फ सोझिने खतरा बढेको छ । नदी कटानले जिल्लाका आधा दर्जन बस्ती उच्च जोखिममा छन् ।

लखन्देही खोलाले तटबन्ध भत्कायो 

चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित लखन्देही खोलाले बाँध भत्काएर खेतीयोग्य जग्गा कटान गरेको छ । नदी कटानले शिवनगरसहित बिनगरा, मदनपुर र पडरियालगायतका बस्ती उच्च जोखिममा छन् । यस्तै, कौडेना गाउँपालिका–७ सक्रौलको बाँध पनि भत्किएको छ । मलंगवा नगरपालिका–५ भाँड्सरमा पनि लखन्देहीले बाँध भत्काएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए ।

खोलाले बाँध भत्काएको स्थानमा प्रजिअसहितको सुरक्षा टोली बिहीबार स्थलगत निरीक्षणमा पुगेका थिए । टोलीमा जनताको तटबन्ध कार्यालय प्रमुखको पनि उपस्थिती रहेको थियो ।

बाँध भत्काएर खोलाले कटान गरिरहेको क्षेत्रमा तत्काल अस्थायी बाँध निर्माणका लागि स्थानीय तह, जलस्रोत र सिचाइँ विभागसँग पनि समन्वय भइरहेको प्रजिअ महतोले बताए । उनले तत्काल बाँध मर्मतको अश्वासन पाएको जानकारी दिए । प्रजिअ महतोले तटबन्ध कार्यालयसँग बजेट नभएपनि बाँध मर्मतका लागि प्रयोग हुने बोरा लगायतको सामग्री रहेकाले स्थानीय तह र प्रहरीको सहयोगमा बाँध भत्किएको स्थानमा मर्मतको कार्य सुरु गरिने जानकारी दिए ।

‘लखन्देहीले जिल्लाको तीन स्थानमा बाँध भत्काएको छ, खोलाले कटान पनि तीव्र गतिमा गरिरहेको छ,’ उनले भने, ‘विभिन्न निकायसँग समन्वय गरेर तत्काल मर्मतको कामअघि बढाउँदै बस्तीलगायत खेतीयोग्य जग्गा कटान हुनबाट जोगाउने प्रयासमा छु ।’

प्रकाशित : श्रावण ७, २०७८ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?