कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

खोलाले बगाएर मृत्यु 

बारा — तियर खोलाको बाढीले बगाएका वृद्धको शव बुधबार फेला परेको छ । करैयामाई गाउँपालिका–८ ईटहर गाउँ छेउको खोलाले स्थानीय ७७ वर्षीय मिश्रीलाल राउत कुर्मीलाई बगाएको वडाध्यक्ष सुरेन्द्रप्रसाद साहले बताए । उनका अनुसार कुर्मी गोठालो गएका बेला बाढीमा परेका थिए । 

मंगलबार बेलुकादेखि नै बृद्धको खोजी भइरहे पनि उनको शव १० किमि दक्षिण सुवर्ण गाउँपालिका–३ चरमोहना गाउँ छेउको सोही खोलामा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले भने दसगजासित जोडिएको चरमोहना गाउँतर्फ बगेको सोही खोलामा कुर्मीको शव भेटिएको बताए । उनका अनुसार पहिले माझीले उनको शव फेला पारेका हुन् ।

प्रकाशित : श्रावण ६, २०७८ १९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?