कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाँध भत्काएर खेतमा पस्यो कमलाको बाढी

सन्तोष सिंह

धनुषा — कमला नदीको बाढीले धान खेत कटान गर्न थालेको छ । धनुषातर्फको बाँध कटान गरी बाढी खेतमा पसेको हो ।  किरतपुरनजिकको बाँध बचाउने प्रयास हुँदाहुँदै बाढीले क्षति पुर्‍याएको कमला नदी नियन्त्रण आयोजना कार्यालय जनकपुरका इन्जिनियर गुदरी यादवले बताए ।

बाँध भत्काएर खेतमा पस्यो कमलाको बाढी

बाढीले बाँधको पूर्ण भाग भासिएर बगेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी प्रकाश राणभाटले बताए । ‘नाइलनको जालीमा माटोको बोरा राखेर मंगलबार दिनभर बाँध बचाउन प्रयास गरे पनि राति बाढीले सबै बगाएको छ,’ उनले भने ।

अहिले कमलाको बाढी धान खेतमा पसेको पनि उनले बताए ।

सोमबार रातिदेखि सुरक्षाकर्मी परिचालन भए पनि बाढीले बाँध बगाएर खेत कटान गर्न थालेको सबैला नगरपालिका–१३ किरतपुरका श्यमसुन्दर महतोले बताए ।‘मंगलबार धेरै प्रयास गरिए पनि बाढीले बाँध बगाएको छ,’ महतोले भने, ‘बाँध बगेपछि बाढीले धान लगाइएको खेत कटान गर्दैछ । नदीमा पानीको सतह कम भएका कारण बस्तीमा कुनै क्षति भएको छैन ।’

कमला नदी नियन्त्रण आयोजना कार्यालय जनकपुरका प्रमुख एकराज भट्टराइले बाँध मर्मतका लागि स्रोत प्राप्त भएको र साधन परिचालन भइरहेको बताए ।


प्रकाशित : श्रावण ६, २०७८ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?