कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

कमला नदीको बाढीले किरतपुरमा बाँध कटान

आसपासमा ‘हाइअर्लट’
सन्तोष सिंह

धनुषा — कमला नदीको बाढीले बाँध कटान थालेपछि धनुषाको पूर्वी क्षेत्रका स्थानीयलाई सतर्क गराइएको छ । सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो । बाढीका कारण ६ सय मिटर बाँध जोखिममा परेको छ ।

कमला नदीको बाढीले किरतपुरमा बाँध कटान

बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरीएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए । 'बाढीको बेगले आधाभन्दा बढी बाँध बगाएको जानकारी आएपछि हामी उतै जाँदै छौं,' प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने, ‘बाढी बस्ती क्षेत्रमा पस्ने सम्भावना बढेको छ । बाढीले सहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैला नगरपालिकाको गाउँहरु डुबानमा पर्ने खतरा छ ।’ बाँध बचाउन नेपाली सेना र सशस्त्र प्रहरी मंगलबार बिहानैदेखि परिचालन गरिएको उनले भने ।

धनुषातर्फ किरतपुर र ढोलबज्जमा कमलाको बाढी बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए । कटानबारे माथिल्लो निकायमा जानकारी गराएको उनले बताए । कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट नभएको उनले बताए । अर्थ मन्त्रालयले विपद् नियन्त्रण गर्ने अपातकालिन बजेट कटौती गरेका कारण बाँध बचाउन समस्या भएको उनले बताए । स्थानीयले खेतबारीको रुख काटेर बाँध बचाउन जुटेको स्थानीय श्यामसुन्दर महतोले बताए ।

प्रकाशित : श्रावण ५, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?