कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बाढीले चन्द्रनहर भत्कायो, ५ सयभन्दा बढी घर डुबानमा

अवधेशकुमार झा

राजविराज — अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित देशकै पुरानो चन्द्रनहर भत्काएको छ । अमहा, टेंग्रालगायत खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहर भत्काएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए ।

बाढीले चन्द्रनहर भत्कायो, ५ सयभन्दा बढी घर डुबानमा

उनका अनुसार दुई स्थानमा गरी करिब ५० मिटर नहर भत्किएको छ । ‘जंगली क्षेत्रबाट अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ गौतमले भने ।

बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका ३ सय घर डुबानमा परेका छन् । नगरप्रमुख गौतमका अनुसार सप्तकोसी नगरपालिकाका १, २, ४ र ११ वडाका घर डुबेका हुन् । ती घरमा ३ फिटसम्म पानी जमेको र अन्य विवरण संकलन भइरहेको उनले बताए ।


यता जिता नदीको बाढीले तिलाठी–कोइलाडी गाउँपालिका–७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको छ । गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबेका छन् ।

तिलाठी–कोइलाडी–८ तोपा बस्तीका २५ घरसमेत डुबानमा परेका छन् । निरन्तरको वर्षाका कारण जिल्लाका नदीहरूमा जलस्तर बढिरहेको छ ।


प्रकाशित : श्रावण ५, २०७८ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?