कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

जाँचियो रेल्वे ट्य्राकको क्षमता

अजित तिवारी

जनकपुर — भिडभाड र चहलपहल रहने नेपाल रेल्वेको जनकपुर खण्ड आइतबार बिहानैदेखि सुनसान थियो । रेल्वे ट्य्राकमै लाग्ने हटिया खाली गराइएको थियो । रेल्वे क्रसिङ हुने स्थानमा सुरक्षाकर्मी खटिए । ट्राफिक प्रहरी सिठी फुक्दै रेल्वे क्रसिङमा सवारीसाधनलाई रोकिरहेका थिए । 

जाँचियो रेल्वे ट्य्राकको क्षमता

रेल्वे ट्य्राकका दुवै छेउमा सर्वसाधारणको बाक्लो भिड थियो । अटेरी गरेर ट्य्राक क्रस गर्नेलाई प्रहरीले हप्काइरहेका थिए । आइतबार बिहान करिब पौने १२ बजे जनकपुर प्लेटफर्ममा रेल आइपुग्दा ट्य्राकमा थप सतर्कता अपनाइयो । एउटा एसी कोचसहित भारतीय रेलले जयनगर–जनकपुर–कुर्था रेल्वे खण्डमा आइतबार ट्य्राकको गति–क्षमता परीक्षण गरेको छ ।

भारतीय सरकारले जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरमा ब्रोडगेज लिंक बनाएको दुई वर्ष भइसक्यो । भारत सरकारकै सहयोगमा कुर्थादेखि बर्दिवाससम्म ब्रोडगेज लिंकको निर्माण कार्य जारी छ । निर्माण सम्पन्न भइसकेको जयनगरदेखि कुर्थासम्म भारतीय रेलले ट्य्राकको परीक्षण गरेको छ । नेपालले खरिद गरेको रेल नै ट्य्राकको परीक्षणमा चलाइने बताइए पनि भारतीय रेलमार्फत गति परीक्षण गरिएको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले रेल सञ्चालनपूर्वको तयारीका क्रममा रेल्वे ट्य्राकको स्पिड टेस्ट र सर्टिफिकेसनको काम आइतबार गरिएको बताए । उनका अनुसार भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा गति परीक्षण गरिएको हो । परीक्षण गर्दा रेल १ सय २० किमी प्रतिघण्टा दौडने भनिए पनि गति त्यसभन्दा कमै थियो ।

नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेका दुई सेट रेल धनुषाको इनर्वा प्लेटफर्ममा त्रिपालले छोपेर राखिएको छ ।

प्रकाशित : श्रावण ३, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?